वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगामा भारतीय नम्बरको गाडिले ठक्कर दिदाँ एक जना विधार्थी गम्भिर घाईते भएकी छिन् । बाणगंगा नगरपालिका वडा नं.११ ओदारीमा आज दिउँसो करिब २ बजे भारतीय नम्बरको गाडिले ठक्कर दिदाँ कक्षा ११ मा अध्ययनरत सिर्जना यादव घाईते भएकी हुन् ।
युपी ४१ एटि १५८२ नम्बरको भारतीय नम्बरको गाडिले ठक्कर दिएको स्थानीयले जानकारी दिएका छन् । विधार्थीलाई ठक्कर दिए पछि अहिले उक्त स्थान तनावग्रस्त रहेको छ ।
करिब २ सय बढी प्रहरी उक्त स्थानमा तैनाथ रहेका छन् । विधार्थीले विधार्थीको ज्यान प्रत्याभूमि दिलाउन माग गर्दै अहिले नाराबाजी गरेका छन् ।