गृहपृष्ठ Featured प्रथम बाणगंगा सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा : केही बेरमा सुरु हुदैं

प्रथम बाणगंगा सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा : केही बेरमा सुरु हुदैं

प्रकाशित मिति:

वैखरी अनलाईन : प्रथम बाणगंगा सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।  प्रथम बाणगंगा सडक खाना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र अब केही समयमा सुरु हुने महोत्सवका निर्देशक सुसिल सिंह ठकुरीले वैखरी अनलाईनलाई जानकारी दिए । निर्देशक ठकुरीले महोत्सव ऐतिहासिक हुने दाबी समेत गरेका छन् । उनले महोत्सवलाई सफल बनाउन जिल्लाका सम्पूर्ण होटल व्यवसायी तथा विभिन्न जनजाती, भेषभुषाका प्रतिनिधिहरुलाई सहयोग हुन आग्रह गरेका छन् ।

उनले सडक खाना महोत्सवमा खानाका स्टल रहने तथा विभिन्न जातजातीका खानाका परिकार राखिने बताए ।

प्रथम बाणगंगा सडक खाना महोत्सवका संयोजक बुद्ध बहादुर रोका दिनेश क्षेत्रीले कोरोना संक्रमणले थलिएको अर्थतन्त्रलाई माथि उठाउन तथा मारमा परेका होटल व्यवसायीलाई केही राहात होस् भन्ने उद्देश्यले सडक खाना महोत्सव गर्न लागिएको बताए ।

बाणगंगा नगरपालिका वडा न. ४ ले एकै ठाँउबाट पहिचान सहितको धेरै स्वाद चखाउन सडक खाना महोत्सव गर्न लागेको हो ।

सम्बन्धित् समाचार