गृहपृष्ठ Featured कपिलवस्तुको सुद्धोधनमा वडाध्यक्षसहित ७ सय बढी कांग्रेसमा प्रवेश

कपिलवस्तुको सुद्धोधनमा वडाध्यक्षसहित ७ सय बढी कांग्रेसमा प्रवेश

कपिलवस्तु : पालिका निर्वाचनको मिति नजिकदै गर्दा कपिलवस्तुमा कांग्रेसले पार्टी प्रवेश कार्यक्रमलाई तीब्रता दिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले घर घर जाऔ कांग्रेसलाई जिताउ भन्ने अभियान चलाएसंगै अन्य पार्टी त्यागेर कांग्रेसमा आउनेको चलहर नै चलेको हो । यसै क्रममा कांग्रेसले निर्वाचन क्षेत्र नम्बर १ को ख मा राखेको आम सभा र पार्टी प्रबेश कार्यक्रममा सुद्धोधन गाउपालिका वडा नम्बर ३ का अध्यक्ष मैमुद्दीन मुसलमानले राप्रपा त्यागेर कांग्रेसमा प्रबेश गरेका छन् ।

यस्तै सोही वडाका वडासदस्य शिवशंकर चौधरी, रिता पासी, वडा नम्बर २ का वडासदस्य मायाराम यादव, मायादेबी गाउपालिका– ४ की वडासदस्य ज्ञानमति पासी लगायत ७ सय ३४ जना कांग्रेसमा प्रबेश गरेको कांग्रेस नेता राजेश सिंहले बताए । नव नबप्रबेशीहरुलाई कांग्रेस लु्म्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, कांग्रेस नेता दीप कुमार उपाध्याय, जिल्ला अध्यक्ष अब्दुल कलाम खा, नेता राजेश आचार्य लगायतको टोलीले फुलमाला, टीका, र पार्टीको सदस्यता प्रदान गरेका थिए ।

सो अवसरमा महामन्त्री आचार्यले स्थानीत तहको निर्वाचनको मिति घोषणासंगै कांग्रेस प्रति फेरी जनताको बिश्वास बढदै बताए । उनले लोकतन्त्र र प्रजातन्त्र स्थापनाकालागि लामाें संघर्ष गरेका पार्टीले नै देशमा बिकास,रोजगारी दिगो शान्ति ल्याउने भएकाले आम जनताहरु कांग्रेस प्रति बिश्वास गरेको बताए ।

उनले कांग्रेसले जे बोल्छ त्यो गर्छ भन्ने कुरा पटक पटक प्रमाणित गरी सकेकोले भ्रममा नपरी कांग्रेसलाई जिताउन उनले आग्रह गरे ।

सम्बन्धित् समाचार