गृहपृष्ठ Featured बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री

बैंकको ब्याजदर नियन्त्रण गर्न छलफल भइरहेको छ : अर्थमन्त्री

प्रकाशित मिति:

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीले गुनासो गर्न थालेपछि नियन्त्रणका लागि छलफल थालेको बताएका छन् ।

ललितपुर उद्योग वाणिज्य संघको ५५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले व्यवसायीको मागअनुसार व्याजदर निर्धारणका लागि आफूले पहल थालिरहेको बताए । ‘बैंकले आफूखुसी ब्याजदर निर्धारण गर्ने प्रचलन छ । अर्थतन्त्रमा असर नपर्ने गरी बैंकको ब्याजदर सीमा निर्धारण भई व्यवसायी अनुकुल हुनुपर्छ भनेर छलफल थालेको छु’ उनले भने ।

आफूले राष्ट्र बैंकसमक्ष उत्पादनमूलक क्षेत्रको कर्जाको बेसरेट २ प्रतिशत भन्दा बढी राख्न नहुने सुझाव दिएको समेत उनले बताए ।

चाँडै बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग थप छलफल गरी मध्यमार्गी बाटो अपनाई समस्या समाधान गर्ने विश्वास समेत उनले दिलाए । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्य श्रृंखलाका कारण मुलुकको शोधनान्तर स्थिति चिन्ताजनक अवस्थामा पुगेको भन्दै उनले यस स्थितिमा भने क्रमशः सुधार आइरहेको बताए ।

सम्बन्धित् समाचार