सागर वि.क. (वैखरी अनलाईन) : शिव सेना कपिलबस्तु राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । आज जिल्ला अध्यक्ष भिष्म ढुङ्गानासहित सम्पुर्ण टिम राप्रपामा समाहित भएको हो । राप्रपा कपिलवस्तुले गत बैठकबाट समान बिचार लिएका समुहसंग वार्ता गर्न राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिको संयोजकत्वमा ५ सदस्यीय वाता समिति गठन गरिएको थियो थियो । उक्त समिति र जिल्ला अध्यक्ष ढुङ्गानाबीच विभिन्न चरणमा भएको छलफलपछि आज एक कार्यक्रमबीच राप्रपामा समायोजन भएको राप्रपाका केन्द्रिय सदस्य ध्रुब रायमाझिले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमलाई सम्बोधन गदै पार्टिका केन्दिय सदस्य तथा बार्ता समितिका संयोजक ध्रुब रायमाझिले पार्टिको गत महाधिवेशनपछि नेतृत्व र पार्टीप्रति आम मानिसमा आशा जागेको बताउनुभयो । केन्द्रिय सदस्य रायमाझिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरहको कसम खाएको आफुले पार्टि कार्यकर्ता र जनता लाई कहिले धोका नदिने प्रतिबद्धता जनाएकोले समान बिचार लिएर हिडने सम्पुर्ण समुह ब्यक्तिलाई राप्रपाको मुल प्रबाह आई अब हुने आन्दोलन र चुनाब माध्यमबाट पार्टीको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली कांग्रेस बिपि अन्य समुहसंग पनि छिटै पार्टि एकता हुने र कपिलबस्तुमा पुरानै अबस्थामा पार्टिलाई फर्काउने उद्धघोष गर्नुभयो ।

उक्त कार्यक्रममा शिव सेनाका जिल्ला अध्यक्ष भिष्म ढुङ्गानाले समान बिचार लिएर सानो सानो समुहमा बसेर उद्देश्य प्राप्ति नहुने र अहिलेको राप्रपाको नेतृत्वप्रति विश्वास जागेकाले राप्रपामा समाहित भएको प्रष्ट पार्नुभयो । राप्रपाका जिल्ला अध्यक्ष नारायण सिंहले आजबाट समायोजन भएपछि सबै समान भएको र कसैलाई पनि पक्षपात नहुने बिश्वास दिलाउदै अन्यलाई पनि यो अभियानमा जोडिन आग्रह गर्नु भयो ।
उक्त कार्यक्रमलाई केन्दिय सदस्य प्रमोद मिश्र, प्रदेश सदस्य देवेन्द्र श्रीवास्तव ,दजिल्ला उपाध्यक्ष ईदिर्स मुसलमान, चन्द्र भण्डारी, सचिव प्रम शंकर शुक्ला ,क्षेत्रीय अध्यक्ष प्रकाश भुसाल, शिव सेनाका शिव शाहि समाजसेबि राजेन्द्र बिक्रम शाह लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । यस्तै कार्यक्रममा प्रदेश कोषाध्यक्ष सहिद मोहमद शाह, प्रदेश सदस्य दिपक रजौरिया सुजन परिवार लगायतको उपस्थित थियो भने कार्यक्रमको संचालन नगर सचिव नवराज घिमिरे गर्नु भएको थियो ।








