वैखरी अनलाईन : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको चौथो दिन ७ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सवको चौथो दिन आज आईतबार ७ हजार बढी दर्शकले अवलोकन गरेका कपिलवस्तु उद्योग बाणिज्य संघका महासचिव मनोज पौडेलले जानकारी दिनुभयो ।
महासचिव पौडेलका अनुसार आज करिब साढे १२ लाख बराबरको आर्थिक कारोबार भएको छ । महोत्सवमा आज आईतबार चर्चित आधुनिक गायक प्रमोद खरेलसहित लोक गायक विक्रम बाबु विश्वकर्मा र वर्षा थापा लगायतले बेजोड प्रस्तुति राखेका उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो । निर्देशक रेस्मीका अनुसार भोलि हेमन्त शर्मा लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने छ ।
यस्तै आज १० औं कपिलवस्तु डान्स आईडलतर्फ १२ जना प्रतियोगीमध्ये एक जना प्रतियोगी बाहिरिएकी डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । संयोजक खाँणका अनुसार रुपशिखा वि.क. प्रतियोगिताबाट बाहिरिएकी छिन् । प्रतियोगी भोटिङ र जजहरुको मूल्याङ्कनका आधारमा एक जना प्रतियोगिताबाट बाहिरिने छन् ।
‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।