आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स ९युएई०सँग पराजित भएको छ।
दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो। युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। उनले ६५ बल खेल्दै दुई चौकाको मद्दतमा ३० रन बनाएका हुन्। त्यस्तै सुरुआती ब्याट्सम्यान पवन सर्राफले दुई रन बनाए भने कुशल भुर्तेलले पाँच रन जोडे।
त्यस्तै रोहित पौडेलले नौ रन जोडे भने आरिफ शेखले १५ तथा विनोद भण्डारीले १२ तथा सोमपाल कामीले १५ रन बनाए। युएईका जुनाइद सिद्दिकीले चार विकेट लिए भने कासिफ दौद र अहमेद राजाले समान दुई/दुई विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २०२ रन जोड्यो। युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ६० रन बनाए भने मुहम्मद रिजवानले ३३ तथा चिराग सुरीले २६ रनको योगदान गरे। भृत्या अरविन्दले २४ रन बनाउँदा बसिल हमिद १७ रनमा आउट भए।
बलिङमा सन्दीप लामिछानेले तीन तथा करण केसी र सोमपाल कामीले समान दुई/दुई विकेट हात पारे भने आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए।
उक्त सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा यूएईसँग ४८ रनले पराजित भएको थियो। अब नेपालले आफ्नो अन्तिम खेल भोलि पपुवा न्युगिनीसँग खेल्नेछ।