काठमाडौँ : पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी (सजपा) नेकपा एमालेमा समाहित भएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सिंहले पार्टीलाई एमालेमा समाहित गराएका हुन् ।
सोही कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल, माओवादी केन्द्रका पूर्वकेन्द्रीय सदस्य तथा शेर्पा मुक्ति मोर्चाका पूर्वसचिव रामेछापका नाम्गेल शेर्पालगायत एमालेमा प्रवेश गरेका हुन् ।








