गृहपृष्ठ Featured कपिलवस्तुमा रोलरको ठक्करबाट सुपरभाईजरको मृत्यु

कपिलवस्तुमा रोलरको ठक्करबाट सुपरभाईजरको मृत्यु

वैखरी अनलाईन : कपिलवस्तुमा रोलरको ठक्करबाट सुपरभाईजरको मृत्यु भएको छ । जिल्लाको महाराजगंन्ज २ स्थित तौलिहवा बहादुरगंन्ज हुलाकी सड्क गैड्हवा नजिक आज विहान रोलरको ठक्करबाट सुपरभाईजरको ज्यान गएको हो । हुलाकि सड्कमा सड्क विभागका सुपरभाईजर  कपिलवस्तु- ४ पण्डितडिहवाका बसन्त कुमार यादवको मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ग२क ४३३९ नम्बरको रोलरले रोड बनाउने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते भएका यादवको उपचारको क्रममा मृत्यु भएको हो । मृतकका भाई लोकनाथ यादवले सड्कका कर्मचारीबीच पहिलेदेखि विवाद रहेको हुदाँ रिसिवीले रोलरले ठक्कर दिएको आरोप लगाए ।

मृतकका आफन्तहरु अहिले कपिलवस्तु सामुदायिक अस्पतालमा जम्मा भएका छन् ।

सम्बन्धित् समाचार