गृहपृष्ठ Featured १२ औं कपिलवस्तु महोत्सव : आज बद्रि पंगेनीदेखि रचना रिमालको बेजोड प्रस्तुति, अरु को-को ?

१२ औं कपिलवस्तु महोत्सव : आज बद्रि पंगेनीदेखि रचना रिमालको बेजोड प्रस्तुति, अरु को-को ?

वैखरी अनलाईन : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको आठौं दिन चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीसहित चर्चित आधुनिक गायिका रचना रिमालको बेजोड प्रस्तुति रहने भएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले आज चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी, चर्चित आधुनिक गायिका रचना रिमाल, लोक तथा दोहोरी गायिका रिता थापा, शोभा त्रिपाठी, रुविना अधिकारीसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने जानकारी दिनुभयो ।

महोत्सवमा हिजो बुधबार चर्चित लोक तथा दोहोरी गायक पुस्कल शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी, थारु गायक राज कुस्मीसहित स्थानीय कलाकारले बेजोड प्रस्तुति राखेका थिए ।

यस्तै आज १० औं कपिलवस्तु डान्स आईडलतर्फ ८ जना प्रतियोगीहरुले नृत्य प्रस्तुत गर्ने डान्स आइडल संयोजक बिरेन्द्र खाँणले जानकारी दिनुभयो । जसमध्ये एक जना प्रतियोगी बाहिरिने डान्स आइडल संयोजक खाँणले बताउनुभयो । संयोजक खाँणका अनुसार हिजो विवेक के.सी प्रतियोगिताबाट बाहिरिएका थिए । प्रतियोगिताबाट बाहिहिनेलाई आयोजकले सम्मान स्वरुप प्रसंशा पत्र प्रदान गर्दै आएको छ ।

‘सक्षम व्यवसायी समृद्ध राष्ट्र र स्वाधिन अर्थतन्त्र’ भन्ने मुल नाराका साथ महोत्सव चैत्र ३ गतेदेखि सुरु भएको हो । महोत्सव चैत्र १३ गतेसम्म बाणगंगास्थित बुद्ध रंगशालामा चल्ने छ । महोत्सवमा करिब २ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले दाबी गर्दै आएको छ भने ५ करोड बराबरको कारोबार गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित् समाचार