गृहपृष्ठ Featured चन्द्रौटा खानेपानी संस्थाको अध्यक्षमा क्षेत्री चयन

चन्द्रौटा खानेपानी संस्थाको अध्यक्षमा क्षेत्री चयन

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका- ५ मा रहेको चन्द्रौटा खानेपानी संस्थाको उपभोक्ता तथा सरसफाइ संस्थाकोे अध्यक्षमा दमन भाट क्षेत्री चयन हुनु भएको छ । जसको उपाध्यक्षमा लक्ष्मी उपाध्याय, सचिवमा कृष्ण प्रसाद अधिकारी, उप– सचिवमा ज्ञान बहादुर बैजाली, कोषाध्यक्ष सहेन शाह खाँ, सदस्यहरुमा राम कुमारी थारु, धनकुमारी सुवेदी, रुद्र कार्की निर्वाचित हुनुभएको छ ।

बुधबार नवनिर्वाचित पदाधिकारीलाई चैत्र १२ गते सपथ ग्रहण गराइने निर्वाचन मण्डलका संयोजक अर्जुन बहादुर पाण्डेले जानकारी दिनुभयो । १२ गते निर्वाचन हुने भनिए पनि निर्वाचन प्रक्रियाप्रति अन्य राजनितिक असन्तुष्टी जनाउदँै बताउँदै पाण्डेले बुधबार उम्मेद्धवारी मनोनयन दर्ताको अन्तिम दिन एकल पक्षको मात्रै मनोनय दर्ता भएको बताउनुभयो ।

एकल पक्षको मात्रै मनोनयन दर्ता पश्चात निर्विरोध रुपमा पदाधिकारी चयन गरिएको निर्वाचन मण्डलका सदस्य शरद अधिकारीले जानकारी दिनुभयो । नेकपा एमाले विरुद्ध अन्य दलीय गठबन्धनको तालमेलका बीचमा पनि निर्वाचन प्रक्रियामा नआएको अधिकारीले बताउनुभयो ।

निर्वाचन कार्यतालिका अनुसार चैत्र ७ गते मतदाता नामावली प्रकाशन, ८ गते बिहान दावी विरोध, ८ गते दिउँसो १२ बजेसम्म अन्तिम नामावली प्रकाशन, ८ गते बेलुका ४ बजे उम्मेदवारी मनोनयन फारम वितरण, ९ गते बिहान उम्मेवार मनोनयन, ९ गते दिउँसो दाबी विरोध, ९ गते दिउँसो उम्मेदवारी फिर्ता, ९ गते साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरण, १० र ११ प्रचार–प्रसार र १२ गते बिहान ८ बजेदेखि ३ बजेसम्म मतदान हुने र १२ गतेको लागि निर्वाचनको मिति तोकेको थियो ।

सम्बन्धित् समाचार