काठमाडौं : रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्ध भइरहेको खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मदतमा शतक बनाएका हुन् ।
यसअघि सन् २०१९ मा पारस खड्काले ओडिआईमा शतक प्रहार गरेका थिए ।