गृहपृष्ठ Featured कपिलवस्तु महोत्सवकोे समापन ऐतिहासिक बनाउँछौं : निर्देशक मगर

कपिलवस्तु महोत्सवकोे समापन ऐतिहासिक बनाउँछौं : निर्देशक मगर

प्रकाशित मिति:

सागर वि.क. (वैखरी अनलाईन) : १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको समापन कार्यक्रमलाई ऐतिहासिक बनाउने आयोजकले दाबी गरेको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा यही चैत्र ३ गतेदेखि संचालित महोत्सवको उद्घाटन कार्यक्रमलाई ऐतिहासिक बनाउने आयोजकले दाबी गरेको हो । महोत्सवका निर्देशक समेत रहनुभएका कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छविरेस्मी मगरले महोत्सवको समापनका लागी पूर्वमन्त्री महेश बस्नेत आउने कार्यक्रम तय भएको बताउँदै उक्त समापन कार्यक्रम ऐतिहासिक हुने दाबी गर्नुभयो ।

उहाँले आयोजकले अपेक्षा गरे अनुसारको दर्शकको उत्साहजन उपस्थिति रहेको समेत बताउनुभयो । नेकपा एमालेका सांसद तथा युवा नेता बस्नेत आउने भएपछि तयारी तीब्र रुपमा भईरहेको उहाँले जानकारी दिनुभयो । कपिलवस्तुलाई देश तथा विदेशमा चिनाउन महोत्सव महत्वपूर्ण सावित भईरहेको उहाँको दाबी छ ।

आईतबार दिउँसो १ बजे नेता बस्नेत महोत्सवको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गर्न आउने भएको बताउँदै उहाँले सबैलाई उपस्थितिका लागी आह्वान समेत गर्नुभएको छ ।

सम्बन्धित् समाचार