गृहपृष्ठ Featured कपिलवस्तु एमालेको लालकिल्ला बनेको ओलीको दाबी

कपिलवस्तु एमालेको लालकिल्ला बनेको ओलीको दाबी

सागर वि.क. (वैखरी अनलाईन) : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कपिलवस्तु एमालेको लालकिल्ला बनेको दाबी गर्नुभएको छ । कपिलवस्तुका प्रभावशाली नेताहरु नै एमालेमा प्रवेश गरेपछि अब कपिलवस्तु एमालेको लाल किल्ला बनको दाबी गर्नुभएको हो । उहाँले एमालेलाई चुनावमा हराउने तागत कसैसंग नभएको समेत जिकीर गर्नुभयो । तौलिहवामा आयोजित पार्टी प्रवेश वृहत् जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

देशलाई हरेक क्षेत्रमा अघि बढाउन एवम् विकास समृद्धिका लागी एमालेको जित हुनुपर्ने उहाँको भनाई छ । देशलाई पछाडि धकेल्ने तथा जनतालाई अल्मलाउने पार्टी एमाले नभएको ओलीले बताउनुभयो ।

ओलीले एमालेलाई चुनावमा जिताउने गरि नेता कार्यकर्तालाई परिचालित हुन निर्देशन समेत दिनुभएको छ ।

सम्बन्धित् समाचार