बुटवल : रुपन्देहीको तिलोत्तमामा करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावर उद्घाटन गरिएको छ । मंगलबार विहान आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरको उद्घाटन गरे ।
करिब १४ करोड रुपैयाँ लागतमा बनेको भ्यूटावरका लागि शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको ३० प्रतिशत र तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत लागत साझेदारीमा तयार भएको हो ।
तिलोत्तमा नगरपािलकाका प्रमुख बासुदेव घिमिरेले अन्यत्रको भ्यूटावर जस्तो नभई नगरपालिकालाई मासिक ३ लाख रुपैयाँ बढी आम्दानी हुने दावी गरे । १० तले भ्यूटावरमा होटेल, व्यवसायिक पसल, पुस्तकालय आदि रहनेछन् ।








