गृहपृष्ठ Featured आईपीएल क्रिकेटमा ब्राभोले बनाए सार्वाधिक विकेट लिने कीर्तिमान

आईपीएल क्रिकेटमा ब्राभोले बनाए सार्वाधिक विकेट लिने कीर्तिमान

काठमाडौं : चेन्नाई सुपर किंग्सका ड्वाने ब्राभोले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सार्वाधिक विकेट लिने कीर्तिमान बनाएका छन् ।२२औं संस्करणको आईपीएल अन्तर्गत बिहीबार राती लखनउ सुपर जायन्ट्स विरुद्धको खेलमा एक विकेट लिएपछि ब्राभोले आईपीएलमा विकेट संख्या १७१ पुर्‍याउदै कीर्तिमान बनाए । उनले श्रीलंकन लासिथ मालिंगालाई पछि पारेका हुन् ।

ट्रिनिडाडका ३८ वर्षीय अलराउण्डर ब्राभोले १५३ खेल खेल्दै १७१ विकेट लिएका हुन् । उनले लखनउका दिपक हुड्डाको विकेट लिँदै आईपीएलमा यो उपलब्धी हासिल गरे । मालिंगाले १२२ खेलमै १७० विकेट लिएका थिए ।

आईपीएलका सर्वाधिक विकेट लिने सूचीको शीर्ष ५ मा बाँकी तीन जना भारतीय खेलाडी नै छन् । अमित मिश्राले १६६, पियुष चावलाले १५७ र हर्भजन सिंहले १५० विकेट लिएका छन् ।

आईपीएलमा सर्वाधिक रन बनाउने कीर्तिमान भने भारतका विराट कोहलीको नाममा छ । विराटले ६ हजार ३३६ रन बनाएका छन् ।

सम्बन्धित् समाचार