गृहपृष्ठ Featured थप ११ जनामा कोरोना संक्रमण, ९० जना निको

थप ११ जनामा कोरोना संक्रमण, ९० जना निको

काठमाडौं : नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ११ जनामा संक्रमण पुष्टि भएको हो।

३ हजार ३६० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ८३ जनाको पिसिआर र १ हजार २७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

अहिले देशभर ९ सय ४२ जना सक्रिय संक्रमित छन्। ९० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

सम्बन्धित् समाचार