काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा सुरु हुनेछ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो ।
लखनउ तीन खेलमा चार अङ्क जोडेर पाँचौँ स्थानमा छ । दिल्लीले दुई खेलमा दुई अङ्क जोडेको छ ।
दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताको चार खेलमा ६ अङ्क छ ।








