नेपाली कांग्रेसको स्थानीय तह घोषणापत्र समितिको बैठक सुरु भएको छ। महामन्त्री गगन थापा संयोजकत्वको घोषणापत्र समितिको बैठक अहिले पार्टी कार्यालय सानेपामा जारी छ।
समिति सदस्य तथा कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार बैठकमा घोषणापत्रका एजेन्डालगायतका विषयमा छलफल भइरहेको छ। समिति गठन भएपछि पहिलोपटक बैठक बसेको हो।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको फागुन ३ को निर्णयअनुसार सभापति शेरबहादुर देउवाले फागुन १० मा महामन्त्री थापाको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन, २०७९, घोषणापत्र तयारी समिति’ गठन गरेका थिए। समितिमा फागुन २१ मा २८ सदस्य मनोनयन गरिएको थियो।








