गृहपृष्ठ Featured यशोधराका प्रमुख पाण्डेय र कृष्णनगरका प्रमुख शाहद्धारा गाडी फिर्ता

यशोधराका प्रमुख पाण्डेय र कृष्णनगरका प्रमुख शाहद्धारा गाडी फिर्ता

कपिलवस्तु : निर्वाचन आचार संहीता लागु हुन पुर्व नै कपिलवस्तु पालिका प्रमुखहरुले आफुले चढदै आएको सरकारी गाडी फिर्ता गर्न थालेका छन् । यसै क्रममा यशोधरा गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेय र कृष्णनर नगरपालिकाका प्रमुख रजत प्रताप शाले आफुले प्रयोग गर्दै आएको स्र्कापयो गाडी फिर्ता गरेका छन् । बिहीवार दिउँसो यशोधरा गाउपालिकाका प्रमुख तथा निर्वाचन क्षेत्र नम्बर २ ख को कांग्रेस क्षेत्रीय अध्यक्ष गिरिजेश कुमार पाण्डेयले सेतो नम्बर प्लेटको लु १ झ ३८६ नम्बरको गाडीको फिर्ता गरेका हुन । उनले गाडीको चावी गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत तेज बहादु्र सिंहलाई हस्तान्तरण गरेका छन् । निर्वाचन घोषणा भएको र आचरसंहीता पनि लागु हुन केही दिन मात्र बाकी छदै आफुले निर्वाचन स्वच्छ र मर्यादीत बनाउन गाडी फिर्ता गरेका प्रमुख पाण्डेयले बताए । निर्वाचनका बेला सरकारी गाडीलाई दुरुपयोग हुनबाट बचाउन आफुले यस्तो कदम चालेको उनले बताए । पार्टीले टिकट दिए फेरी चुनाव लडने सोच बनाएका उनले अब आफुले निजी सवारी साधान प्रयो गर्ने बताए ।

उता कपिलवस्तुको कृष्णनगर नगरपालिका का मेयर रजत प्रताप शाहले निर्वाचन आचारसंहींता लागु हुनु पुर्व नै आफुले चढदै आएको लु १ झ ३९८ नम्बरको सतो प्लेटका स्कार्पियो नगरपालिकालाई फिर्ता गरेका छन् । स्थानीय तहको निर्वाचन घोषणा भई सेकेको अवस्थामा आफुले सरकारी सेवाका दुरुपयोग हुन नदिन प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र ढकाललाई गाडी बुझाएको मेयर शाहले बताए । यस्तै उनले २०७८ चैत र २०७९ बैशाख महिनाको तलब भत्ता लगायतका स्ुबिधा समेत नलिने संचारकर्मीसंग घोषणा गरेका छन । स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवार उनले चार हजरा बढी मत अन्नतरले मेयर निर्वाचित भएका थिए । केही महिना पहिले मात्र उनी कांग्रेशमा प्रबेश गरेका थिए । मेयरमा फेरी लडन चाहेका उनले पार्टी टिकट दिए मेयरमा उम्मेदावर बन्ने बताए ।

गत आईतबार मेशयर शाहले अफिस समयमा नगरपालिका पुगेर सेतो प्लेटको स्कारपियो गाडी फिर्ता गरेको नगर पालिकायोजना शाखा प्रमुख साकिर अहमद शाहले बताए । अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने योजना शाखा प्रमुख शाहले जानकारी दिए ।स्थानीय निर्वाचन २०७८ को आचार संहिता लागेसंगै जनप्रतिनिधिहरुले लिने सेवासुविधामा रोक लाग्ने भएकाले स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन् ।

सम्बन्धित् समाचार