गृहपृष्ठ Featured आईपीएल : आज पन्जाब र गुजरात भिड्दै

आईपीएल : आज पन्जाब र गुजरात भिड्दै

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज शुक्रबार एक मात्र खेल हुँदैछ । मुम्बईमा हुने खेलमा पन्जाब किङस र गुजरात टाइटन्सबीच राति ७ः४५ बजे प्रतिस्पर्धा हुनेछ ।

दुई खेलमा जित निकालेको नवप्रवेशी टोली गुजरात आज तेस्रो जितको खोजीमा हुनेछ । गुजरात २ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यता, पन्जाब पनि तेस्रो जितको खोजीमा हुनेछ । पन्जाब ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

सम्बन्धित् समाचार