गृहपृष्ठ Featured कपिलवस्तुकी बालकवि जोशिका नूर-गङ्गा प्रतिभा गुठी पुरस्कारबाट सम्मानित

कपिलवस्तुकी बालकवि जोशिका नूर-गङ्गा प्रतिभा गुठी पुरस्कारबाट सम्मानित

प्रकाशित मिति:
वैखरी अनलाईन : नवसर्जक साहित्य चौतारी नेपालकी केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश संयोजक पर्खर बालकवि जोशिका कँडेल निशा नूर-गङ्गा प्रतिभा गुठी पुरस्कारबाट सम्मानित भएकी छिन् । उनी नूर-गङ्गा नवप्रतिभा क्षेत्रीय लुम्बिनी अञ्चल स्तरीय साहित्य पुरस्कारबाट सम्मानित भएकी हुन् । सानै उमेरदेखी साहित्यमा रमाउन सुरु गरेकी निशा कविता विधामा जिल्लाकै एक होनहार प्रतिभा हुन् । निशा हरेक साहित्यिक कार्यक्रममा आफ्नो प्रतिभालाइ प्रस्तुत गर्दै जिल्लालाइ नै चिनाउन सफल भएकी छिन् ।
हजुरबुबा ऋषिकेशव भारद्वाजको प्रेरणाबाट कविता रचना गर्न प्रेरित भएको बताउने निशाले सानै उमेरमा नेपाली साहित्यलाई उचाइमा पुर्याउन अग्रसर छन् । छ्न्दमा नै कविता रचना गर्ने र सुमधुर स्वरमा वाचन गर्ने उनको शैली निकै उत्कृष्ट छ ।

वि.स. २०६५ साल माघ ८ गते पिता दुर्गाराज कंडेल र माता रीता कंडेलको कोखबाट कपिलवस्तुको बाणगङ्गा- ८ मा जन्मिएकी बालकवि निशाले ३ वटा कृति प्रकाशित गरिसकेकी छन् । उनी अहिले बाणगंगा- ८ मा अवस्थित चिल्ड्रेन प्याराडाइज ईङलिस बोर्डिङ हाईस्कुलमा कक्षा- ७ मा अध्ययनरत छन् ।

बालकवी `निशा´ दधी – स्मृति साहित्य समाज कपिलवस्तु बाट प्राची वाल साहित्य पुरस्कार तथा दधि – स्मृति साहित्य सम्मान (२०७५),लीलध्वज साहित्य प्रतिस्ठान काठमाडौंबाट कदर – पत्र (२०७५), बाणगंगा सामुदायिक पुस्तकालय बाणगंगा कपिलवस्तुबाट बाणगंगा बाल साहित्य पुरस्कार(२०७५), चिल्ड्रेन प्यरडाइज ईङलिस बोर्डिङ हाईस्कुल कपिलवस्तुबाट चिल्ड्रेन बाल साहित्य पुरस्कार (२०७५), दधि -स्मृति साहित्य समाज कपिलवस्तुको आयोजनामा भएको बाणगंगा आधारभूत तह कक्षा( १-८)सम्मको नगर स्तरीय; कविता प्रतियोगितामा प्रथम पुरस्कार (छ्न्द दिवस बैशाख ८, २०७६), पल्लव साहित्यिक प्रतिष्ठान चितवनबाट शेषनाथ लामिछाने स्मृति वाल सहित्य पुरस्कार एवम् पल्लव ; राष्ट्रिय साहित्य सम्मान भाद्र २१ (२०७६), डा. कविताराम वाङमय प्रतिष्ठान , काठमाण्डौबाट डा.कविताराम वाल प्रतिभा पुरस्कार कार्तिक २९ (२०७६), निजी तथा आवसीय बिधालय अर्गनाईजेशन , नेपाल बाणगंगा नगर कार्यसमिति कपिलवस्तुबाट प्याब्सन बाणगंगा नगर बालसहित्य सम्मान पौष ४, (२०७६),भवानी भिक्षु स्मृति पुरस्कार लगायत दर्जन बढि पुरस्कार र सम्मानबाट सम्मानित भइसकेकी छन् ।

सम्बन्धित् समाचार