काठमाडौं : नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपाल कृष्ण घिमिरे निर्वाचित भएका छन्। बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षको उम्मेद्वारी दिएका घिमिरेले ४ हजार ४ सय ४७ मत प्राप्त गरेका छन्।
उनले विष्णुमणि अधिकारीलाई पराजित गर्दै जित हासिल गरेका हुन्। अधिकारीले भने २ हजार ४ सय ८२ मत ल्याएका छन्। उपाध्यक्ष पदमा अधिवक्ता सुरज खत्री विजयी भएका हुन्। खत्रीले ४ हजार ४ सय २९ मत ल्याएका छन्।
कोषाध्यक्षमा भरत बहादुर राउतले ४ हजार ३६ मत ल्याएर विजय भएका हुन्। महासचिव पदमा भने अन्जिता खनाल विजयी भएकी छिन्। उनले ३ हजार ६८२ मत प्राप्त गरेकी हुन्।
बारमा एक अध्यक्ष, ८ उपाध्यक्ष एक महासचिव, एक कोषाध्यक्ष र १४ सदस्य छनोटका लागि निर्वाचन भएको हो। चण्डेश्वर श्रेष्ठ नेतृत्वको समितिको तीन वर्षे कार्यकाल सकिएसँगै बारको निर्वाचन भएको थियो।








