गृहपृष्ठ Featured रुकुम पश्चिममा २३ सय किसानको पूरा विवरण सङ्कलन हुने

रुकुम पश्चिममा २३ सय किसानको पूरा विवरण सङ्कलन हुने

रुकुम पश्चिम : आउँदो वैशाख ६ गतेदेखि सुरु हुने राष्ट्रिय कृषि गणना २०७८ मा रुकुम पश्चिमका २३ सय किसानको पूरा विवरण सङ्कलन हुने भएको छ । जिल्लाभर ९३ वटा कृषि गणना क्षेत्र तोकेर २३ सय किसानको पूरा विवरण सङ्कलन गर्न थालिएको हो । जिल्ला कृषि गणना कार्यालय रुकुम पश्चिमले मुसिकोटमा गरेको कृषि गणनासम्बन्धी सचेतना गोष्ठीमा यसबारे जानकारी दिइएको हो । कार्यालयका प्रमुख ठाकुरप्रसाद लामिछानेले पहिलो चरणमा १६/१७ हजार किसानको सूचीकरण गरिने तर २३ सय किसानको पूरा विवरण सङ्कलन हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार एक जना गणक बराबर २÷३ वटा गणना क्षेत्र हुनेछन् । कार्यक्रममा प्रमुख लामिछानेले कृषि विकासका लागि योजना तर्जुमा एवम् नीति निर्माण, किसानले चलन गरेको जग्गा, लगाएको बाली, पशुपक्षीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरणहरू उपलब्ध गराउने उद्देश्यले कृषि गणना गर्न लागिएको बताउनुभयो ।

यस्तै कृषिसम्बन्धी राष्ट्रियस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यका सूचकहरूका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउने, कृषिसम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तयार गर्ने, समग्र कृषि तथ्याङ्कको स्तर बढाउन पनि पनि कृषि गणना गर्न लागिएको हो ।

सम्बन्धित् समाचार