कपिलवस्तु : लायन्स क्लब अफ कपिलवस्तुको छैठौं अधिबेशन लुम्बिनीमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष धातानन्द भुसालको अध्यक्षता र यरिया को चिफ तथा संस्थापक अध्यक्ष कृष्ण केसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले लायन्स बर्ष २०२२-२३ को लागि राम शुभागे थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। क्लवले तृतीय उपाध्यक्ष रहनुभएका थारुलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेसनले प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष चयन गरेको छ भने बाँकी पदाधिकारी अध्यक्षसहितको टोलीले चयन गर्नेछ । प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरे, दोस्रो उपाध्यक्ष नवदत्त्व घिमिरे, तृतीय उपाध्यक्षमा झवि भट्टराई, चौथो उपाध्यक्षमा नारायण पौडेल तथा पाचौं उपाध्यक्षमा सुमन क्षेत्री चयन हुनुभएको क्लबले जनाएको छ।
कार्यक्रममा कोषाध्यक्ष नवदत्त घिमिरेले आर्थिक, सचिव सागर घिमिरेले प्रगति प्रतिबेदन र अध्यक्ष भुसालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जोन चेयर पर्शन सुरेन्द्र घिमिरे विशिष्ट अतिथि र क्लवका ९५ सदस्यको सहभागीता थियो । सो कार्यक्रमको संचालन सचिव सागर घिमिरेले गर्नु भएको थियो ।








