पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरूद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव पारित भएको छ।
शनिबार मध्यरातमा संसदमा भएको मतदानमा खानको विपक्षमा १७४ सांसदले मतदान गरेपछि उनले विश्वासको मत गुमाएका हुन्। यो सँगै उनी पदमुक्त भएका छन्।
अन्तिम समयसम्म संघर्षरत खानको विपक्षमा बहमत सांसदले मतदान गरेका थिए।
यो सँगै नयाँ प्रधानमन्त्री चयनका लागि आइतबार दिउँसो २ बजे संसद बैठक बस्ने भएकोछ।
अविश्वासको प्रस्ताव पारित भएपछि सदनलाई सम्बोधन गर्दै पीएमएल-एन का अध्यक्ष शाहबाज शरीफले आज पाकिस्तानमा संविधान र कानूनको पुनः स्थापित भएको दाबी गरे।
अध्यक्ष शाहबाज शरीफले आफूहरूले कसैसँग बदला नलिएको भएर कानुनले आफ्नो काम गरेको स्पष्ट पारे।









