सबैभन्दा बढी बाणगंगा नगरपालिकामा छन् । बाणगंगामा ६१ हजार १७७ मतदाता छन् । त्यहाँ ३० मतदान स्थल र ७३ मतदान केन्द्र छन् । दोस्रो ३१ मतदान स्थल र ५९ केन्द्र कायम गरिएको कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता छन् ।
यस्तै ३० मतदान स्थल र ५७ केन्द्र रहेको बुद्धुभुमी नगरपालिकामा ४५ हजार ३४१ मतदाता छन् । २५ मतदान स्थल र ५५ केन्द्र कायम गरिएको शिवराज नगरपालिकामा ४४ हजार ४५८ मतदाता छन् । २४ मतदान स्थल र ४८ मतदान केन्द्र रहेको कृष्णगनर नगरपालिकामा ३६ हजार ८८३ मतदाता छन् । २३ मतदान स्थल र ४१ केन्द्र रहेको महाराजगंज नगरपालिकामा ३२ हजार २२१ मतदाता छन् । २२ मतदाता स्थल र ३९ केन्द्र रहेको मायादेवी गाउँपालिकामा ३१ हजार १६ मतदाता छन् ।
१७ मतदान स्थल र ३५ केन्द्र रहेको शुद्धोदन गाउँपालिकामा २७ हजार ७७५ मतदाता छन् । १८ मतदान स्थल र ३० केन्द्र रहेको बिजयनगर गाउँपालिकामा २३ हजार ८०२ मतदाता छन् । यस्तै १५ मतदान स्थल र २९ केन्द्र रहेको यशोधरा गाउँपालिकामा २३ हजार २४७ मतदाता छन् ।








