गृहपृष्ठ Featured कपिलवस्तुका सबै पालिकामा जित सुनिश्चित रहेको सत्ता गठबन्धनको दाबी

कपिलवस्तुका सबै पालिकामा जित सुनिश्चित रहेको सत्ता गठबन्धनको दाबी

कपिलवस्तु : कपिलवस्तुमा सत्ता गठबन्धनको बैठक चन्द्रौटामा सम्पन्न भएको छ । बैठकमा चुनावी तालमेलको विषयमा छलफल भएको बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लंक बहादुर हमालले जानकारी दिनुभयो । नेकपा एस शिवराजको पार्टी कार्यालयमा बैठक बसी चुनावी रणनीतिका बारेमा छलफल भएको थियो । सत्ता गठबन्धनका नेताहरुले आगामी स्थानीय तहको निर्वाचनमा जिल्लाको सबै पालिका गठबन्धन जित्ने निष्कर्ष निकालेको छ ।

साथै आफ्नो पार्टीको अन्तर कलहलाई ब्यवस्थापन गर्दै जाने निर्णय गरेको छ । साथै आगामी बैठक २०७९ वैशाख ३ गते राजमो पार्टी कार्यालय जितपुर चार नम्बरमा बस्ने निर्णय गरिएको छ ।

नेपाली काग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल, माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिष्णु शाह, माओवादी केन्द्रका नेताहरु दिनेश पुन, उमा विका, अर्जुन सापकोटा, नेकपा एसका जिल्ला अध्यक्ष लंका बहादुर हमाल, केन्द्रिय सदस्य क्षेत्र बहादुर खत्री, प्रदेश सदस्य जिबलाल पौडेल जसपा केन्द्रिय सदस्य नारायण खनाल, प्रदेश प्रवक्ता अकरम पठान, राजमो तर्फबाट जिल्ला अध्यक्ष दधिराम आचार्य जनमोर्चा नेता शिव पौडेल लगायतका नेताहरुको बैठकमा सहभागीता रहेको थियो ।

सम्बन्धित् समाचार