गृहपृष्ठ Featured कांग्रेस युवा परिचालन समितिको संयोजकमा अधिकारी चयन

कांग्रेस युवा परिचालन समितिको संयोजकमा अधिकारी चयन

वैखरी अनलाईन : जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ नेपाली कांग्रेसबाट युवा परिचालन समिति गठन गरिएको छ । जसको संयोजकमा विशाल अधिकारीलाई चयन गरिएको छ । कांग्रेसले अधिकारीलाई चुनाव केन्द्रित प्रचार प्रसारका लागी संयोजकमा चयन गरेको हो ।

संयोजक अधिकारीले नेपाली कांग्रेसलाई जिताउन सम्पूर्ण नेपाली कांग्रेसका भातृ संगठन तरुण दल, नेविसंघ लगायतका शवेच्छुक कांग्रेस तथा निकट संस्थाहरुका युवालाई साथमा लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।

कांग्रेसलाई आसन्न स्थानीय तहको चुनावमा जित हासिल गराउन युवाहरुको भूमिका अपरिहार्य रहेको भन्दै युवाको अर्थमूलक सहभागिता रहनुपर्ने बताए ।

सम्बन्धित् समाचार