गृहपृष्ठ Featured कांग्रेसका युवा नेता बरालद्धारा बाणगंगाको नगर प्रमुखमा उम्मेद्वारी दिने घोषणा

कांग्रेसका युवा नेता बरालद्धारा बाणगंगाको नगर प्रमुखमा उम्मेद्वारी दिने घोषणा

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : नेपाली कांग्रेसका युवा नेता सुर्य प्रसाद बरालले बाणगंगा नगरपालिकाको नगर प्रमुख पदका लागि उम्मेद्वारी दिने घोषणा गरेका छन् । नगरको विकासमा आफुले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दाबी गर्दै उनले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । वि।स।२०३० सालमा रुपन्देहीको सालझण्डीमा जन्मिएका उनी २०४६ सालदेखि सोही स्थानबाट नेविसंघको विधार्थी राजनिति हुदैं राजनितिमा क्रियाशिल छन् । २०५६ सालबाट कपिलवस्तुको बनगाई, चारनम्बर गदैं बाणगंगा नगरपालिकामा उनी निरन्तर कुशल नेतृत्व गदैं राजनितिमा सक्रिय छन् ।

नेपाली कांग्रेसका विभिन्न तहमा उनले कुशलता पूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । ट्रेड युनियन कांग्रेसको उपसभापति, सभापति हुदैं सक्रिय उनी अहिले नेपाली कांग्रेस बाणगंगाका नगर सचिव हुन् ।

बोलेर भन्दा काम गरेर देखाउने उनको मूलभूत विशेषता पनि हो । जनताका समस्यालाई नजिकबाट नियालेर अघि बढेका उनी सामाजिक कार्यमा समेत सक्रिय छन् । अग्रजलाई सम्मान गर्दै युवा पुस्ता नेतृत्वमा आउन पर्छ भन्ने मान्यतालाई आत्मासात गरेर आफुले नगरको मेयर पदका लागी उम्मेद्वारी दिने उनको जिकीर छ । ४९ बर्षीय उनमा युवाको जोस, जागर, सोच, विचार चिन्तन देख्ने गरिएको छ । नगरलाई विकासको बाटोमा तीब्र गतिमा अघि बढाउन आफ्नो उम्मेद्वारी रहने उनको भनाई छ ।

बाणगंगामा थपिएका करिब १७ हजार नयाँ मतदाता युवा पुस्ता नै रहेको बताउँदै उनले उनीहरुको साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गरे ।

सम्बन्धित् समाचार