गृहपृष्ठ Featured एकदिवसीय क्रिकेटको वरीयतामा नेपाल यथावत्

एकदिवसीय क्रिकेटको वरीयतामा नेपाल यथावत्

काठमाण्डौ : एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा नेपाल यथावत् रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयतामा नेपाल १८ औँ स्थानमा यथावत् रहन सफल भएको हो ।

नेपालले गएको मार्च महिनामा ६ एकदिवसीय खेल खलेकोमा दुईमा जित र चार खेलमा पराजित भएको थियो । नेपालले गएको महिना दुबईमा आईसीसी विश्व कप लिग–२ अन्तर्गतको शृङ्खलामा पपुवा न्युगिनी ९पीएनजी० लाई दुई खेलमा पराजित गर्दा घरेलु टोली यूएईसँग दुई खेलमा पराजित भएको थियो । लगत्तै नेपालले आफ्नो घरेलु मैदानमा पीएनजीसँग दुई खेलको मैत्रीपूर्ण शृङ्खलामा ुक्लिन स्वीपु बेहोरेको थियो ।

एकदिवसीयको वरीयतामा न्युजिल्यान्ड शीर्ष स्थानमा छ । यस्तै दोस्रोमा इङ्ग्ल्यान्ड, तेस्रोमा अस्ट्रेलिया, चौथोमा भारत र पाँचौँमा दक्षिण अफ्रिका रहेको छ ।

सम्बन्धित् समाचार