गृहपृष्ठ Featured नयाँ वर्षमा मधौली पार्कमा घुइँचो : एकैदिन ४ हजार बढीले गरे अवलोकन

नयाँ वर्षमा मधौली पार्कमा घुइँचो : एकैदिन ४ हजार बढीले गरे अवलोकन

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : नयाँ वर्ष पहिलो दिन बाणगंगा नगरपालिका वडा नं.५ मा अवस्थित मधौली पार्कको चार हजार बढी सर्वसाधरणले अवलोकन गरेका छन् । पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुदैं गईगईरहेको उक्त पार्कको एकैदिन चार हजार बढी सर्वसाधरणले अवलोकन गरेका हुन् ।

नयाँ बर्षलाई विशेष बनाउने गरि पार्कमा आज विहिबार ४ बढी सर्वसाधरणको आगमन भएको मधौलिया सामुदायिक वनका अध्यक्ष खढानन्द गौतमले जानकारी दिनुभयो । आजदेखि सर्वसाधरणलाई १५ रुपैयाँ र विधार्थीलाई १० रुपैयाँको टिकट लिएर पार्कमा प्रवेश दिने व्यवस्थाको थालनी समेत गरिएको अध्यक्ष गौतमले बताउनुभयो । नयाँ वर्ष मनाउनका लागि जिल्लाभित्रका तथा जिल्ला बाहिरीका पर्यटकहरु पार्कमा आएको उहाँले बताउनुभयो ।

अध्यक्ष गौतमका अनुसार विहान ९ बजे साँझ ७ बजेसम्म पार्क खुला रहने छ । पार्कलाई थप आकर्षक बनाउन सुन्दरीकरणको काम भईरहेको र एक चरणको पार्क निर्माण कार्य असार मसान्तसम्म सम्पन्न हुने उहाँले बताउनुभयो । हालसम्म पार्क सुन्दरीकरणका लागी करिब डेढ करोड खर्च भईसकेको छ ।

यस पार्क सामाजिक संजाल टिकटकमा निकै भाईरल छ ।

सम्बन्धित् समाचार