गृहपृष्ठ Featured फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

रूसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। साथै रूसले आफ्नो पश्चिमी भागमा सेना थप्ने पनि बताएको छ। रूसको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदवेदेवले चेतावनी दिँदै बिहीबार टेलिग्राममा एक विज्ञप्तिमा स्थल सेना र हवाई सेनालाई थप शक्तिशाली बनाइने उल्लेख गरेको सीएनएन न्यूजले जनाएको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दुई दशकको शासनकालमा सन् २००८ देखि २०१२ सम्म रूसी राष्ट्रपति रहेका मेदवेदेव हालका महिनाहरूमा आक्रामक देखिएका छन्।

यद्यपि उनी शीर्ष निर्णयकर्ता भने होइनन्। यसबाहेक सन् २०१८ को अमेरिकी वैज्ञानिकहरूको प्रतिवेदनले के निष्कर्ष निकालेको छ भने रूसले पोल्याण्ड र बाल्टिक राज्यहरूबीचको रूसी क्षेत्रको एक एक्सक्लेभ कालिनिनग्रादमा परमाणु हतियार भण्डारण बंकरलाई महत्त्वपूर्ण रूपमा आधुनिकीकरण गरेको हुन सक्छ।

बिहीबार युक्रेनमा रूसी आक्रमण भएको ५० दिन पूरा भएको छ। -रासस

सम्बन्धित् समाचार