गृहपृष्ठ Featured बाणगंगाका सडक सबैको हेपाई र पेलाईमा !

बाणगंगाका सडक सबैको हेपाई र पेलाईमा !

सागर वि.क.(वैखरी अनलाईन) : बाणगंगाका सडकहरु सबैको हेपाई र पेलाईमा परेका छन् । जसले सर्वसाधरणलाई सास्ती खेप्नु परेको छ । सडक छेउमै गरिने गाडि पार्किङले विभिन्न किसिमका समस्या निम्ताएको छ ।

गाडी दुर्घटनादेखि पैदलयात्री हिड्न समेत गाह्रो भएको छ । सडक छेउमै गरिने गाडि पार्किङ बारे कसैको पनि ध्यान जान नसकेको स्थानीयले गुनासो गरेका छन् । मुख्य सडकहरु नै अव्यवस्थित हुदाँ यहाँको विकासलाई थप चुनौति थपिएको स्थानीयको भनाई छ ।

यो क्षेत्रमा संचालित विभिन्न व्यापार, व्यवसायदेखि गैरसरकारी संघसंस्थाका कार्यालयले पार्किङको राम्रो व्यवस्था मिलाउन असमक्षम देखिएका छन् । सडक छेउमै राखिने बस, कार, मोटरसाईकल, अटो रिक्सा, ट्रयाक्टर, अन्य सवारीसाधनले पनि यहाँको सुन्दरतालाई कुरुप बनाएको छ । नगरले निर्माण गर्ने भनिएको बस पार्क पनि हाल सम्म योजनामै सिमित भएको छ । जसले यात्रुहरुलाई थप चुनौति थपि दिएको छ । चारनम्बर चोकमा आएर कुनै ठाउँसम्म जाने यात्रुलाई पनि यहाँ समस्या छ ।

उनीहरुलाई आफ्नो सवारी साधनमा भित्राउन सवारी साधनका चालक र सहचालहरु तछाडमछाड गरि रहेका हुन्छन् । जुन दृश्य सबैले चारनम्बर चोकमा आएर सजिलै देख्न सक्छौ । यसरी उनीहरुले आफ्नो स्वातन्त्रताको समेत अनुभूति गर्न पाएका छैनन् । सडक छेउमा रहेका पोलहरुमा अव्यवस्थित तरिकाले तारहरु राखिएको छ । जसले थप जोखिम निम्ताएको स्थाानीय विनिता खनालले बताईन् । उनले यसतर्फ कसैको ध्यान समेत नगएको गुनासो गरिन् ।

सडक साइकलमैत्री नहुदाँ साईकल चालकलाई यहाँ थप जोखिम छ । हरेक राजनितिक दलले चुनावी घोषणा पत्रमा व्यवस्थित सडक पूर्वाधार लगायतका कुरा उल्लेख गरे पनि चुनाव जितिसकेपछि त्यसतर्फ ध्यान नदिने गरेको स्थानीयको गुनासो छ ।

सम्बन्धित् समाचार