गृहपृष्ठ Featured सत्ता गठबन्धनले भोलिसम्म महानगर/उपमहानगरका उम्मेदवार टुंगो लगाउने

सत्ता गठबन्धनले भोलिसम्म महानगर/उपमहानगरका उम्मेदवार टुंगो लगाउने

काठमाडौंः सत्ता गठबन्धनले भोलि ९सोमबार० सम्म महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउने निर्णय गरेको छ । सत्ता गठबन्धनका शीर्ष नेतृत्वको आइतबार बालुवाटारमा बसेको बैठकले भोलिसम्म देशभरका महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगाउने सहमति गरेको हो ।

यस्तै, बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गरेको प्रचण्डको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेता सहभागी थिए ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरु सघन छलफलमा जुटेका छन्।

सम्बन्धित् समाचार