जनकपुरधाम : नेपाल कांग्रेस जनकपुरधाम उपमहानगरका सभापति मनोज साहले पार्टी परित्यागको घोषणा गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले पार्टी परित्यागको घोषणा गरेका हुन्।
२०७४ को चुनावमा जनकपुरको मेयरमा पराजित साह यसपालि मेयरका आकांक्षी थिए।
सत्तारूढ गठबन्धनले जनकपुरको मेयर जनता समाजवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट बनेका साहले पार्टी परित्याग गरेका हुन्।








