गृहपृष्ठ Featured एकीकृत समाजवादीद्धारा बुटवलको उपमेयरमा चीनबहादुर गुरूङ सिफारिस

एकीकृत समाजवादीद्धारा बुटवलको उपमेयरमा चीनबहादुर गुरूङ सिफारिस

बुटवल : सत्तारूढ पाँच दलीय गठबन्धनको भागबण्डाबाट बुटवलको उपमेयर पाएको नेकपा एकीकृत समाजवादीले उपमेयरमा चीनबहादुर गुरूङलाई उम्मेदवार सिफारिस गरेको छ। नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणि चौधरीका अनुसार पार्टीको बुटवल उपमहानगरपालिकाका अध्यक्ष समेत रहेका गुरूङलाई उपमेयरमा सिफारिस गरिएको हो।

बुटवल वडा नं. ३ का बासिन्दा गुरूङ अघिल्लो निर्वाचनमा वडा सदस्य निर्वाचित भएका थिए। बुटवलमा रहेको यातायात मजदूर तथा व्यवसायी भलाई कोषको अध्यक्ष समेत भइसकेका गुरूङ तत्कालीन नेकपा एमालेभित्र यातायात मजदूरको फाँटमा रही काम गर्दै आएका थिए।

सत्तारूढ गठबन्धनबाट बुटवलको मेयर पद भने नेपाली कांग्रेसको भागमा परेको छ।

नेपाली कांग्रेसले नगर सभापति समेत रहेका खेलराज पाण्डेको नाम मेयरको उम्मेदवारमा सिफारिस गरेको छ। नगर समितिबाट पाण्डेको एकल नाम उम्मेदवारका लागि जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरिएको हो।

फरक-फरक दलबाट मेयर र उपमेयरका उम्मेदवार सिफारिस गरिएपछि गठबन्धनबाट बुटवलमा महिलाको प्रतिनिधित्व उम्मेदवार हुनबाट समेत रोकिएको छ।

सम्बन्धित् समाचार