वैखरी अनलाईन : नेपाल विद्यार्थी संघका नेता सुशान्त पोखे्रल नेपाली कांग्रेस सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिको सदस्यमा मनोनित भएका छन् । नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समितिको वैठकले पोख्रेललाई सदस्यमा मनोनित गरेको हो । पार्टीका केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठित समितिमा आफुलाई सदस्यमा मनोनित गरेकोमा उनले आभार व्यक्त गरेका छन् ।
उनले पार्टीका उम्मेद्वारलाई निर्वाचनमा जिताउन आफुले प्राप्त गरेको जिम्मेवारीलाई दृढताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।








