गृहपृष्ठ Featured पोखराको मेयरमा उठ्न प्रदेश सांसद्‌बाट कृष्ण थापाले दिए राजीनामा

पोखराको मेयरमा उठ्न प्रदेश सांसद्‌बाट कृष्ण थापाले दिए राजीनामा

पोखरा : पोखरा महानगरपालिकाको टिकट पाएपछि गण्डकी प्रदेश सांसद् कृष्ण थापाले पदबाट राजीनामा दिएका छन् । आज सभामुख नेत्रनाथ अधिकारीलाई उनले राजीनामापत्र बुझाएका हुन् । थापा २०७४ को चुनावमा कास्की २ ९क० बाट निर्वाचित भएका थिए ।

२०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर बनेर काम गरिसकेका थापा २५ वर्षपछि पुनः मेयरमै दोहोरिन लागेका हुन् । केही आफ्ना योजनाहरू अधुरा रहेकोले त्यसलाई पूरा गर्न र पोखरा महानगरलाई समृद्ध बनाउन आफूले उम्मेदवारी दिन लागेको बताएका छन् ।

एमालेले आजै दिउँसो १ बजे मनोनयन दर्ता गराउँदै छ । त्यसका लागि तयारी भइरहेको छ । यसअघि दीपक पौडेललाई पोखराको मेयर टिकट दिइएकोमा चौतर्फी आलोचना र विरोधपछि उनको टिकट खोसिएको हो ।

उपमेयरमा भने मञ्जुदेवी गुरुङ नै दोहोरिने भएकी छन् । यसअघि आफू नउठ्ने बताएकी मञ्जुले थापालाई मेयरको टिकट दिएपछि भने उठ्न राजी भएकी हुन् ।

सम्बन्धित् समाचार