गृहपृष्ठ Featured कपिलवस्तुमा करिब ३ हजार पाँच सय जनाले गराए उम्मेदवारी दर्ता

कपिलवस्तुमा करिब ३ हजार पाँच सय जनाले गराए उम्मेदवारी दर्ता

वैखरी अनलाईन : कपिलवस्तुमा करिब ३ हजार पाँच सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । आईतबार र सोमबार गरि मंगलबार साँझसम्म ३ हजार ४ सय ८८ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ । नगर तथा गाँउपालिका प्रमुखमा १ सय ५२ जना र उप–प्रमुखमा १ यस १४ जनाको उम्मेद्वारी परेको छ । पालिकाका वडा अध्यक्षमा ८ सय २० जना, महिला सदस्यमा ६ सय ७० जना, दलित महिला सदस्यमा ५ सय ९३ जना र १ हजार २ सय ३३ जनाको सदस्यमा उम्मेद्वारी परेको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ ।

बाणगंगामा मेयरका लागी १३ जना र उपमेयरका लागी ७ जना, कपिलवस्तु नगरपालिकामा मेयरका लागी ९ जना र उपमेयरका लागी ६ जना, कृष्णनगर नगरपालिकामा मेयरका लागी लागी ३१ जना र उपमेयरका लागी २२ जनाको उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुकी सुचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिईन् ।

सुचना अधिकारी क्षेत्रीका अनुसार बुद्धभूमिमा मेयरका लागी १४ र उपमेयरका लागी १० जना, शिवराज नगरपालिकामा मेयरका लागी ११ जना र उपमेयरका लागी १० जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै महाराजगंजमा मेयरका लागी ११ र उपमेयरका लागी ८ जनाको उम्मेदवारी दर्ता भएको छ । यस्तै मायादेवी गाउँपालिकामा मेयरका लागी २४ र उपमेयरका लागी ११ जना, यशोधरा गाउँपालिकामा मेयरका लागी ११ र उपमेयरका लागी १० जना, विजयनगर गाउँपालिकामा मेयरका लागी १२ र उपमेयरका लागी १४ जना, शुद्धोधन गाउँपालिकामा मेयरका लागी १६ जना र उपमेयरका लागी १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

कपिलवस्तुमा मंगलबार साँझ मात्र मनोनयन दर्ता कार्य सम्पन्न भएको सुचना अधिकारी क्षेत्रीले जानकारी दिईन् ।

 

सम्बन्धित् समाचार