गृहपृष्ठ Featured बोलेर भन्दा काम गरेर जनताको मन जितेका बुद्धभुमिका मेयर श्रेष्ठ

बोलेर भन्दा काम गरेर जनताको मन जितेका बुद्धभुमिका मेयर श्रेष्ठ

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले  जनतासामु गरेका बाचा पुरा गनुपर्छ नत्र अनावश्यक झुटा प्रचारबाजी गर्नु हुन्न भन्ने मान्यता राख्ने श्रेष्ठ कपिलवस्तु जिल्लाका १० पालिकामै सबैभन्दा लोकप्रिय मेयरका रुपमा परिचित रहेको पाइएको छ ।

वैखरी अनलाइनसगं कुराकानी गर्दै श्रेष्ठले “ म जे बोल्छु त्यही गर्छु, ” भन्ने गिरिजाबाबुको मान्यतालाई आफुले आत्मसाथ गरेको बताउनु भएको हो ।

गत निर्वाचनमा नेपाली कांग्रेसबाट टिकट प्राप्त गरि अत्याधीक बहुमतका साथ विजयी बनेका श्रेष्ठ आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा पनि उहाँका उत्कृष्ट कार्य सम्पादन गर्ने शैली र लोकप्रियताका आधारमा पुन नगर प्रमुख पदमा उहाँलाई पार्टीले टिकट प्रदान गरेको छ ।

 

बुद्धभुमी नगरपालिकामा वडा नं.१ टिक्करमा घर भएका श्रेष्ठ नेपाली कांग्रेका एक इमान्दर स्वच्छ छवि भएका सांगठनिक रुपमा वलिया सामाजिक बौद्धिक व्यक्तिको रुपमा परिचित विकास प्रेमी नेताको रुपमा कहलिएका श्रेष्ठले आफु नगर प्रमुख भएर पाँच वर्षको समय अवधीमा कपिलवस्तु जिल्ला मै बुद्धभुमी नगरपालिका उत्कृष्ट कार्य सम्पादनको हिसावमा नगरले धेरै कुरामा फड्को मार्न सफल भएको नगरपालीकाको नगर प्रमुखमा पुनह श्रेष्ठ नै उमेद्धवार रहेकोले स्थानीय नगरवासी हर्सित भएका छन् ।

सरल स्वभावका नेता श्रेष्ठ जनताको सेवामा दिन रात नभनी दुखीको घाउँमा मलम लगाउने दिन दुखीको अवस्था वुझेर आवश्यक सेवामा तल्लीन रहेका श्रेष्ठले नगरको विकास एंव समृद्धिका लागि आफ्नो उम्मेद्वारी रहेको उहाँ बताउँनु भयो ।

नगर प्रमुख पदमा मनोनयन दर्ता गराएका श्रेष्ठले नगरको विकास र परिवर्तनको लागि नगरवासीहरुको माग र चाहना अनुसार आफ्नो उम्मेद्धवारी रहेकोले आफुले गत पाँच बर्षको समय अवधिमा शिक्षा, स्वास्थ्य र युवा रोजगारीको सुनिश्चित भौतिक पुर्वाधारका क्षेत्रमा गरेको आमुल परिवर्तनले नगरवासीको इच्छा र चाहाना वमोजिम नगर प्रमुख पदमा दोहोरीएको वताउदै आगामी दिनमा पनि नगर वासीको चाहाना मनोभावना अनुसारका काम गर्दै बुद्धभुमी नगरपालिका लाई देश कै नमुना नगरपालिकोको रुपमा पहिचाहन वनाउने किसिमाका काम गर्दै जाने उहाँले वताउनु भयोे ।

सवैलाई मिलाएर लैजान सक्ने क्षमता भएका सवैका प्रिय एंव बैद्धिक नेता श्रेष्ठले नगरपालिकाका सम्पूर्ण अग्रज नेता कार्यकताको समेत अफुलाई पूर्ण साथ सहयोग रहेको हुँदा बुद्धभुमी नगरपालीकामा नेपाली कांग्रेसले गत निर्वाचनमा भन्दा तेव्वर मत परिणाम सहित विजयी सुनिश्चित रहेको समेत उहाँले दावी गर्नु भयो ।

सम्बन्धित् समाचार