गृहपृष्ठ Featured कांग्रेस बाणगंगा १ का वडाध्यक्षका उम्मेदवार सारुले गरे सरकारी तलक भत्ता नलिने घोषणा

कांग्रेस बाणगंगा १ का वडाध्यक्षका उम्मेदवार सारुले गरे सरकारी तलक भत्ता नलिने घोषणा

वैखरी अनलाइन
नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नम्बर १ का उम्मेदवार सञ्जु कुमार सारु मगरले आफु वडाध्यक्ष भए सरकारी तलब भत्ता नलिने घोषणा गरेका छन ।

वडास्तरको तिव्र बिकास गर्न लागी सेवामुखी पदमा बसेर सरकारी तलब भत्ता लिनु उपयुक्त नहुने भएकाले सारु मगरले यस्तो घोषणा गरेका हुन । उनले सरकारबाट आउने तलब भत्ता सामाजिक बिकास र बिभिन्न बर्गका मानिसहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन ।

सारुले निबर्तमान वडासदस्य समेत रहदा पनि आफुले पाएको सरकारी तलब भत्ता सामाजिक कार्यमा खर्च गर्दै आएका थिए । सारुले २०७४ सालको स्थानिय तहको चुनावमा सबैभन्दा बढि मत ल्याएर वडा सदस्य पदमा बिजयी भएका थिए । नेपाली कांग्रेसले सारु मगरलाई वडाध्यक्ष पदमा उठाएको छ भने सदस्यहहरुमा सिता सुनार, टोपकला बिसि, राज कुमार थारु र लक्ष्मी बहादुर खत्रीलाई सदस्य पदमा उठाएको छ ।

सम्बन्धित् समाचार