गृहपृष्ठ Featured बाणगंगामा कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउन सभापति थापाको आग्रह

बाणगंगामा कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउन सभापति थापाको आग्रह

वैखरी अनलाइन
नेपाली कांग्रेस बाणगंगा नगर सभापति बिष्णु थापाले नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारलाई जिताउन कांग्रेस बाणगंगा नगर सभापति बिष्णु थापाले आग्रह गरेका छन । बाणगंगा नगरपालिका भित्रका कांग्रेस निकट पत्रकारहरुसगं छलफलमा थापाले कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन आग्रह गरेका हुन ।

पार्टीका आकांक्षी उम्मेदवारकाबिचको लडाई टिकट नपाउदासम्मका लागी बताउदै थापाले टिकट बितरणपछि जसले टिकट पाउछ , उसैलाई जिताउनु पर्ने धर्म हुने भएकाले सबैले सहयोग गर्न उनले आग्रह गरेका हुन ।

छलफलमा बोल्दै थापाले भोलीबाट मेयर र उप मेयरको उम्मेदवारलाई जिताउन नगरले हरेक वडामा प्रचार प्रसारलाई तिव्रता दिने बताए । साथै मेयर तथा वडाध्यक्ष बिरुद्ध उठेका सबै बागी उम्मेदवारले आफनो उम्मेदवारी फिर्ता लिएको नगर सचिव सुर्य प्रसाद बरालले जानकारी दिए ।

सम्बन्धित् समाचार