काठमाडौं : निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ। निर्वाचन आउन १३ दिन बाँकी रहँदा आयोगले चुनाव चिह्न वितरण गरेको हो। आयोगले काठमाडौं महानगरको प्रमुखका लागि स्वतन्त्र उम्मेदवार बनेका इन्जिनियर तथा र्यापर बालेन शाहलाई लौरो चुनाव चिन्ह दिएको छ।निर्वाचन आयोगले शनिबार मध्यान्ह बालेनलाई लौरो चुनाव चिन्ह दिएको हो।
उनी चुनाव चिन्ह लिन प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभागृह पुगेका थिए। सभागृहमा आयोगले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ।
स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिह्न वितरण गरिएको हो। उम्मेदवारीका आधारमा जिल्ला अनुसार निर्वाचन चिह्न वितरण गर्न थालिएको आयोगले जनाएको छ।








