गृहपृष्ठ Featured सैनामैनामा गठबन्धन दलका कार्यकर्ताबाट सवारीमाथि तोडफोड

सैनामैनामा गठबन्धन दलका कार्यकर्ताबाट सवारीमाथि तोडफोड

प्रकाशित मिति:

रुपन्देही : रुपन्देहीको सैनामैनामा नेकपा एमालेको निर्वाचन अभियानमा रहेको सवारी साधनमाथि गठबन्धन दलका कार्यकर्ताबाट सवारीमाथि तोडफोड भएको छ । सैनामैनामा गठबन्धन दल माओवादी केन्द्र तथा नेपाली काँग्रेसका कार्यकर्ताहरूले निर्वाचन अभियानमा रहेको एमाले कार्यकर्ता सवार गाडीमा तोडफोड गरेको एमालेले जनाएको छ ।

एमाले निकट युवा संघ नेपाल सैनामैना नगर कमिटीले यो घटनाको विरोध जनाएको छ । युवासंघका अनुसार एमाले सैनामैना नगरपालिकाको वडा नम्बर १० को प्रचारप्रसारको गाडीमाथि काँग्रेस तथा माओवादी नेता कार्यकर्ताबाट शनिवार तोडफोड भएको हो । कांग्रेस नेता हरि पोख्रेल, माओवादी नेता शान्ति बराल लगायतले प्रचार प्रसारमा हिँडेका केही कार्यकर्तामाथि हातपातको प्रयास गरेको युवासंघको आरोप छ ।

सैनामैना १० पानबारीमा उक्त घटना घटेको पीडित पक्षका ओमबहादुर पचभैयाले बताए । आफ्नै बाटोमा हिँडिरहेको गाडी एमाले शुभचिन्तकसँगको कुराकानीमा रोकिएको बेला अकस्मात् आई आक्रमण गर्दै, गाडी चालकसँगै अर्का कार्यकर्ता सन्तोष बेल्बासेमाथि शान्ति बरालले हातपात गरेको पीडितले पचभैयाले बताए ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीले माफी माग्नुपर्ने र अब उप्रान्त अराजक गतिविधि नगर्न साथै फेरि पनि यस्ता गतिविधि दोहोरिएको अवस्थामा प्रतिकार गर्ने युवासंघ सैनामैना नगर कमिटीले जनाएको छ । नारायण महतले सामान्य भनाभन भएको विषयलाई एमालेले बढी प्रचार गरेको दाबी गरे । महत गठबन्धनमा माओवादीबाट उपमेयरका उम्मेदवार हुन् ।

सम्बन्धित् समाचार