गृहपृष्ठ Featured प्रि मनसुन सक्रिय, देशका बिभिन्न्न स्थानमा बर्षाको सम्भावना

प्रि मनसुन सक्रिय, देशका बिभिन्न्न स्थानमा बर्षाको सम्भावना

प्रकाशित मिति:

काठमाडौं ।

लामो समयपछि पूर्व मनसुन प्रि मनसुन लामै समयका लागि सक्रिय बनेको छ । हिउँदे मौसमपछि आक्कलझुक्कल मात्र प्रि मनसुनी वर्षा भइरहेको थियो । शुक्रबारदेखि भने प्रि मनसुन सक्रिय बनेको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै तीन दिन प्रि मनसुन सक्रिय रहनेछ ।

मौसमविद् समीर श्रेष्ठले भने, “दिउँसोको समयमा केही स्थिर रहेर कतै–कतै आकाश खुल्नेछ । तर, बिहान साँझ देशका धेरै भेगमा हल्कादेखि मध्यम वर्षाको क्रम निरन्तर रहने सम्भावना रहेको छ ।” उनका अनुसार लगातार जलवाष्पयुक्त वायुको प्रवेशले प्रि मनसुन अघिल्ला समयभन्दा लम्बिएको हो । भारतको पश्चिम बङ्गालदेखि पूर्वी भेग हुँदै उत्तरप्रदेशसम्म बलियो न्यूनचापीय रेखा बनेको छ । यो नेपालको दक्षिण भेगबाट थोरै परसम्म पर्छ ।

पश्चिम–दक्षिण हुँदै पूर्वतर्फ सोझिनेक्रममा मौसम प्रणालीले यात्रा गरिरहेको अनुमान मौसमविद्हरूले गरेका छन् । जब यो रेखा नेपालको पूर्वी भेगतर्फ पूर्ण रूपमा सोझिन्छ, तब नेपालमा मनसुन भित्रने गर्छ । अहिलेको मौसम प्रणालीअनुसार नेपालको प्रदेश १, बागमती, गण्डकी, कर्णाली र तराईका अधिकांश भू–भागमा राम्रो बदली रहेको छ । शुक्रबार अपराह्नदेखि शनिबार बिहानसम्मको अवस्था विश्लेषण गर्दा काठमाडौँलगायत देशका अधिकांश भू–भागमा वर्षा भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सम्बन्धित् समाचार