गृहपृष्ठ Featured कांग्रेसले शितगंगा १४ मा न्यौपानेलाई वडाध्यक्ष उठायो, जित निश्चित रहेको दावि

कांग्रेसले शितगंगा १४ मा न्यौपानेलाई वडाध्यक्ष उठायो, जित निश्चित रहेको दावि

वैखरी अनलाइन
नेपाली कांग्रेस शितगंगा बाणगंगा नगरपालिका वडा नः १४ ले वडाध्यक्ष पदमा कांग्रेसका नेता दामोदर न्यौपालेलाई उठाउने भएको छ । नेपाली कांग्रेस शितगंगा नः १४ ले न्यौपानेलाई वडाध्यक्ष पदमा उठाउनका लागी एकल नाम सिफारिस गरेको थियो । न्यौपाने वडा नः १४ मा निकै लोकप्रिय नेताका रुपमा परिचित छन । उनले यसअघि पनि वडाध्यक्ष पदमा बिजयी भएका थिए ।

वडाबासीमा हरेक समस्यामा घरघरमा पुग्ने नेताका रुपमा परिचित न्यौपानको पक्षमा वडामा ठुलो जनमत रहेको छ । कांग्रेस पकेट क्षेत्रका रुपमा वडा नः १४ लाई लिने गरिन्छ रुख चिन्हमा मतदान गरी आफु र आफनो पक्षका सदस्यहरुलाई बिजयी गराउन वडाध्यक्षमा उमेद्धवार दामोदर न्यौपानले आग्रह गरेका छन । ३ दलिय गठबन्धन रहेको १४ मा माया बैजाली, हेमा परियार, ओम बहादुर दर्लामी र निम बहादुर सोमै सदस्य पदमा उठेका छन ।

वडाध्यक्षमा सबैलाई मिलाएर लिएर जान सक्ने उमेद्धवार पाउदा वडाबासी खुशी भएका छन । उनले टिकट पाएसगै नेपाली कांग्रेस वडा नः १४ ले जित निश्चित रहेको दावी समेत गरेको छ ।

सम्बन्धित् समाचार