गृहपृष्ठ Featured स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध निर्वाचित, एमाले पहिलो

स्थानीय तह निर्वाचनमा ३५३ उम्मेदवार निर्विरोध निर्वाचित, एमाले पहिलो

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देशभरबाट उम्मेदवारी दिएकामध्ये तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले दिएको जानकारीअनुसार निर्विरोध निर्वाचित हुनेमा नेकपा एमाले अगाडि रहेको छ।

एमालेका एक सय २३ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, कांग्रेसको एक सय एक, माओवादी केन्द्रको ५४ र नेकपा एकीकृत समाजवादीको ३४ उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन्।

 

सम्बन्धित् समाचार