गृहपृष्ठ Featured बुद्धभूमि–५ लाई फुसको छानो मुक्त वडा बनाउने वडाध्यक्षका उम्मेदवार थापाको घोषणा

बुद्धभूमि–५ लाई फुसको छानो मुक्त वडा बनाउने वडाध्यक्षका उम्मेदवार थापाको घोषणा

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार रोम बहादुर थापाले वडालाई फुसको छानो मुक्त वडा बनाउने घोषणा गर्नुभएको छ । नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार थापाले वडामा गरिब विपन्न परिवारको आर्थिक अवस्थालाई सुधार गर्दै वडालाई फुसको छानो मुक्त वडा बनाउने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘वडामा गरिब विपन्न परिवार छन्, उनीहरुको आर्थिक अवस्थालाई सुधार गर्दै वडालाई फुसको छानो मुक्त वडा बनाउँछु ।’

वडाका अधिकांश जनता जनता कृषिमा आश्रित भएकाले कृषिमा आधुनिकिकरण गरि व्यवसायिक कृषितर्फ लैजान जोड दिने उहाँको भनाई छ । थापाले बोलेर भन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘म कम बाल्छु , बोलेर भन्दा वडामा काम गरेर देखाउँछु । वडालाई समृद्ध वडा खुशी वडावासी बनाउँछु ।’

दुई दशक बढीदेखि पार्टीको संगठित सदस्य भई विद्यार्थी राजनीति मार्फत राजनीति सुरु गर्नुभएका थापा पार्टीका हरेक कार्यक्रममा पुग्ने र पार्टीका जिम्मेवारी कुशलतापुर्वक पुरा गर्दै आउनुभएको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा वडावासीका आवश्यकता तथा मागलाई सम्बोधन गर्न ब्यस्त हुनुभएका थापाले यस अघिका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुले नगरेका र अधुरा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडामा अझै पनि गुणस्तरीय सडक बन्न नसकेकाले त्यस तर्फ ध्यान जाने, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि अहोरात्र खट्ने थापाले बताउनुभएको छ । संयौ कार्यकर्ताको उपस्थितीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम भईरहेकाले थप हौसला मिलेको बताउदै वडावासीको सेवा गने अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ ।

वडाका गरिव, विपन्न, अपांगता भएका परिवार, ज्येष्ठ नागरिक, महिला, दलित हरेक समुदायलाई समावेश गरि वडाका हरेक क्रियाकलाप सञ्चालन गर्ने उहाँले बताउनुभयो । वडाध्यक्ष पदको उम्मेदवारको रुपमा एक युवालाई पाउँदा मतदाताहरु विकासको आशा गर्दै खुसी भएका छन् । यतिवेला थापा वडाध्यक्षको बन्ने चर्चा रहनुभएको छ । थापा युवावर्गहरुको रोजाई लोकिप्रय व्यक्तिको रुपमा परिचित हुनुहुन्छ ।

सम्बन्धित् समाचार