वैखरी अनलाईन : राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बाणगंगाका विभिन्न वडामा आफ्ना चुनावी गतिविधिलाई तीब्रता दिएको छ । पार्टीका केन्द्रिय सदस्य ध्रुब रायमाझीको नेतृत्वमा मेयर, उपमेयरका उम्मेदवार, वडाध्यक्ष,सदस्यसहित चुनावी गतिविधिलाई तीब्रता दिएको राप्रपा बाणगंगाले जनाएको छ । सो क्रममा आज वडा नं. ५,६, १० र ११ मा घरदैलो कार्यक्रम गर्दै कोणसभा कार्यक्रम सम्पन्न गरिएको केन्द्रिय सदस्य रायमाझीले जानकारी दिनुभयो । बाणगंगा राप्रपाको प्रभाव रहेको राप्रपासंग निर्णायक शक्ति रहेको पनि उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बाणगंगा राप्रपाको प्रभाव रहेको छ र राप्रपासंग नै निर्णायक शक्ति छ ।’
यस्तै उक्त कोणसभामा मेयरकी उम्मेदवार सिता कुमारी थारु, उप–मेयरका उम्मेदवार रामु शर्मा, राप्रपाका जिल्ला उपाध्यक्ष चन्द्र भण्डारी, वडा नं. ५ का वडाध्यक्ष पदका उम्मेदवार माधव घिमिरे, वडा नं. ७ का वडाध्यक्ष पदका उम्मेदवार विकास रेग्मी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
उम्मेदवारहरुले बाणगंगामा भ्रष्टचार शुन्य बनाई भ्रष्टचार मुक्त नगर बनाउने प्रतिवद्धता जनाएका थिए ।








